Dear Valued customers, please do not check out any of our items marked as available without confirming with us first as these items shown on our website are only demonstration, reference and phone order purposes only. New Laxmi Jewellers Read More »
Free Shipping     Special Weekly Offer

हाम्रो भनाइ र मान्यता

 नेपाली संस्कृति र परम्परामा गहनाहरुको निकै महत्वपुर्ण भूमिका रहदै आएको छ l   हामी नेपाली माझ गहनाहरु दैनिक दिनचर्याको एउटा महत्वपूर्ण भाग मात्र नभएर हाम्रो आत्मियताको चिन्ह र भेस्भुसाकै भाग पनि मानिन्छ l गहना लगाएर कतिपयले आफुलाई भगवान नजिक भएको महसुस गर्छन भने कतिपयले खराब आत्माहरुबाट सुरक्षित रहन पनि गहना लगाएको पाइन्छ l नेपालमा गहना लगाउनाले शरिर र आत्मामा सन्तुलन रहने पनि विश्वास छ l यिनै महत्वपुर्ण कुराहरुलाई मध्यनज़र राख्दै र सम्पूर्ण नेपालीहरुको चाहना र इक्षlलाई बरोबर पुरा गर्ने हेतुले सन् २०११ सालमा लक्ष्मी राईले ALDERSHOT स्थित भिक्टोरिया रोडमा न्यु लक्ष्मी जेवेल्लेर्स नामको गहना पसल सुरु गर्नुभयो l गुडस्तर अनि विश्वासको अर्को नाम भन्ने आदर्श लिएर हिड्नु भएको लक्ष्मीजीले UK मा मात्र नभएर संसारभरिकै नेपालीहरुको गहनाको चाहना सफलतापुर्बक पुरा गरेर ठुलो जग बसाउन सक्षम हुनुभएको छ l


 ५ वर्ष यता अहिले न्यु लक्ष्मी जेवेल्लेर्स भनेर चिनिने गहना पसल UK मा स्थित थुप्रै नेपाली सुन चांदी पसल मध्ये VAT दर्ता भएको निम्न पसलहरु मध्ये गनिन्छ l त्यतिमात्र नभएर न्यु लक्ष्मी जेवेल्लेर्स अहिले ट्रेड मार्कमा दर्ता भएको र UK सरकारको सुन चांदी व्यवसाय संघको सदस्य पनि रहन सफल भएको छ l UK को राष्ट्रिय गहना संघको सर्त अनुसार न्यु लक्ष्मी जेवेल्लेर्सले आफ्नो सबै गहनामा HALLMARK यानिकी सुद्धताको छाप लगाउनु पर्नेभएकोले न्यु लक्ष्मी जेवेल्लेर्समा हरेक गहना जांच गरेर सुद्धताको छाप लगाएर मात्र बेचिने गरिएको छ l

 

ग्राहकवर्गहरुको अनन्त माया पाएर न्यु लक्ष्मी जेवेल्लेर्सले सफलताको निकै अग्लो सिखर चुम्न सगल भएको छ, येही अपार माया र विश्वासको कारण न्यु लक्ष्मी जेवेल्लेर्सले ग्रहक्वार्गकै चाहनुहरुलाइ ध्यानमा राखेर PLUMSTEAD र MAIDSTONE मा पनि आफ्नो बहिनि पसल खोलि ग्राहकवर्गहरुलाई सेवा पुर्याउन सफल भएको छ l FACEBOOK मा एक लाख भन्दा बढी LIKES पाउनु सायद ठुलो कुरा नहोला तर येसले बिगत ५ वर्षमा हामी धेरै टाढा आइपुगेका छौ भन्ने हामीलाई महसुस गराउद छ l

 

सफलता पाउनु र सफल हुनु ठुलो कुरा होइन तर यही सफलतालाइ कायम राख्नको निम्ति अझै राम्रो सेवा दिदै जाने लक्ष्य लिएर अगाडी बढ्ने बाचा गर्दछौ l